प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक ! नेपालको संयोजकत्वमा कार्यदल गठन
२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।
आज पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा स्थायी कमिटी बैठक बसेको थियो।
बैठकले आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूमा ओलीले पार्न सक्ने प्रभाव तथा पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्नेलगायत एजेन्डामाथि (भोली) सोमबार बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै हिजो मात्र एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन्।