कांग्रेसद्वारा संसद् विघटनविरुद्ध सडक संघर्षको घोषणा

२०७७ पुष १९ गते, आईतवार

पुस १९, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन चरणको आन्दोलनको निर्णय लिएको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन चरणको आन्दोलनको निर्णय लिएको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ मा ३३० प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा ७ सय ५३ नगर– गाउँपालिका र माघ ८ मा ६ हजार ७ सय ४३ वडास्तरमा विरोध प्रदर्शनको निर्णय लिएको हो ।
कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal