नेकपाको वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु,कागजात बुझाउन म्याद

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका मागदाबी गर्न थालेपछि आयोगले वैधानिकता विवादको निरूपण गर्न प्रक्रिया थालेको हो ।
त्यसका लागि आयोगले वैधानिकता दाबी र दुवै पक्षबाट प्राप्त कागजातबारे अध्ययन गरेर दुवै पक्षलाई पत्र पठाएको छ । आयोगको कानुन शाखाले विवादबारे दुवै पक्षबाट आयोगलाई प्राप्त कागजात अध्ययनपछि दुवै पक्षलाई पत्र पठाएको जनाएको छ । पत्रमा एक समूहलाई अपुग कागजात बुझाउन म्याद तोकिएको छ भने अर्को समूहलाई कानुनी जानकारी गराइएको उल्लेख छ ।
आयोगका अनुसार दाहाल–माधव पक्षको पत्रमा पुरानो पार्टीमा रहेका केन्द्रीय सदस्यको बहुमत आफूसँग रहेकाले पार्टीको नाम, झन्डा र चुनाव चिह्न दाबी गरिएको छ । ओली पक्षको पत्रमा केन्द्रीय समिति विस्तार र विधान संशोधनबारे मात्रै आयोगलाई जानकारी गराइएको छ ।
आयोगमा ती दुई समूहबाट फरक फरक मितिमा एक पक्षबाट तीन वटा र अर्को पक्षबाट दुई फरक मितिमा दुई वटा पत्र दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवैतर्फबाट प्राप्त केन्द्रीय समितिको निर्णयको प्रतिलिपि हेरेर आयोगले दुवै समूहलाई आवश्यक कानुनी प्रक्रियाका पु¥याउन पत्र पठाएको बताए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal