इङ्ग्लिस प्रिमियर लिग : चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लियो

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३(१ गोल अन्तरले हराउदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको हो ।
म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एकरएक गोल गरे।
चेल्सीका लागि कलुम हड्सन ओडोइले एक गोल गरे । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal