अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभको सभामुखमा न्यान्सी पेलोसी निर्वाचित

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा न्यान्सी पेलोसीलाई पुन निर्वाचित गरेको छ । हिजोको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो ।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ । यदि राष्ट्रपति र उपराष्ट्रपति काम गर्न नसक्ने अवस्था भएमा सभामुख नै अमेरिकी राष्ट्रपति हुने प्रावधान रहेको छ । पेलोसी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी प्रभावशाली नेता थिईन।
गत नोभेम्बर ३ मा माथिल्लो सदन सिनेटका लागि एक सयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने तल्लो सदनका सबै सिटमा निर्वाचन भएको थियो ।
एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal