कुहिएको र खिया लागेको व्यक्ति केपी ओली हुन : भीम रावल

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुहेको, खिया लागेको व्यक्ति भएको बताएका छन् ।नेता रावलले खिया लागेको, नटबोल्ट खुस्किएको, कुहेको, भेट्नुबाट २ फल झरेको जस्ता कटाक्ष प्रधानमन्त्रीले गर्नु स्तरहीन चेतनाको उपज भएको दाबी गरे।
प्रवासी नेपाली एकता मन्चका नेता, अगुवा, कार्यकर्ताहरू सहभागी एक भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै रावलले उक्त कुरा बताएका हुन् ।
नेता रावलले संविधानको मर्यादा राष्ट्रपतिले पालना नगरेको दाबी गरे । रावलले अदालत, निर्वाचन आयोग सबैले संविधान मान्छु भनेर सपथ खाएको हुनाले निर्णय तलमाथि नहुने विश्वास समेत व्यक्त गर्दै विद्रोहमा जान नपर्ने बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal