ओलीको अहंकार र व्यक्तिवाद समस्याको मुल जड : नेपाल

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । पूर्वप्रधानमन्त्री माधब कुमार नेपालले पार्टीभित्रको समस्याको मुल जड प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र व्यक्तिवाद भएको टिप्पणी गरेका छन। नेकपा प्रवास कमिटीद्वारा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ‘प्रधानमन्त्रीले विधि(नीति केही नमान्ने, व्यक्तिवादी सोच भएको सामान्ती र निरङ्कुश चिन्तनले ग्रस्त भएको दाबी गरे ।
नेता नेपालले ०५१ सालमा परिषद बैठकबाट प्रधानमन्त्री ओलीले गुटको राजनीति थालेको भन्दै नेपालले नयाँ पुस्तालाई नेतृत्व र सत्ता हस्तान्तरण गरेर देखाउनको लागि प्रधानमन्त्री ओलीलाई चुनौति समेत दिए।
पूर्वप्रधानमन्त्री नेता नेपालले संसद विघटन संबैधानिक नभएका र प्रधानमन्त्री ओलीले अझै पनि गल्ति महशुस गरे पार्टी एकताको सम्भावना रहेको बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal