सुन तोलामा आठ सय महंगियो, चाँदीमा सामान्य वृद्धि
२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । सुनको मूल्य अघिल्लो दिनका तुलनामा आठ सय रूपैयाँको बढोत्तरी भएको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार ९५ हजार ३ सय रूपैयाँ भएको हो।
अन्तर्राष्ट्रिय बजारमै भाउ बढेर भएको कारोबारको असर नेपालमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आइतबार स्थिर रहेको चाँदीको मुल्य २५ रूपैयाँ बढ्दै सोमबार प्रतितोला १३ सय २५ भएको छ। अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔंस २६.३८ डलरमा कारोबार भएको चाँदी सोमबार २७.०७ डलरमा उक्लिएको छ।