दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिरहेको छ । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई गएपछि दाहाल भने बैठकमा सहभागी छैनन् ।
सरकारको कदमविरुद्ध शनिबार दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेको यो समूहले आइतबारको बैठकबाट नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र विभिन्न तहमा पदाधिकारी चयन गर्नका लागि दश सदस्यीय कार्यदल गठन गरेको थियो।
संघर्षका कार्यक्रम र कार्यदलको कार्यविभाजनका सन्दर्भमा छलफल गरेर आजको बैठकले अन्तिम रुप दिने भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal