मन्त्री तुम्बाहाङ्फेको अभिब्यक्तिले प्रदेश तरंगीत, प्रदेशसभा विघटन हुने संकेत

२०७७ पुष २० गते, सोमबार

पुस २०, काठमाडौं । प्रतिनिधिसभा विघटन भई अदालतमा परेको मुद्दामाथि सुनुवाइको क्रम चलिहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने संकेत गरेकी छिन् । प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् ।
मन्त्री तुम्बाहाम्फेले निर्वाचन आयोगले आफ्ना काम गरिरहेको, निर्वाचनका लागि सुरक्षा तयारी भइरहेको र सरकारले आर्थिक व्यवस्थापन पनि गरिसकेकाले समयमै निर्वाचन हुने दाबी गरीन।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal