जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

पुस २१, काठमाडौं । भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पोरेसनले प्रस्ताव गरेको जानकारी दिए ।
‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पारे । उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उनको भनाई छ । भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उनले जनाए ।
मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ । उनले भने, ‘‘रेल सेवा सञ्चालनका लागि तत्काल आवश्यक पर्ने २६ जना ‘कोर’ प्राविधिक कर्मचारी आपूर्तिका साथै रेल मर्मत सम्भार तथा ‘इमर्जेन्सी रिले’का आवश्यक उपकरणको आपूर्ति, रेलको सर्भिसिङ, नेपाल रेल्वे कर्मचारीलाई तालिम दिने, कर्मचारीको काम कर्तव्यबारे ‘स्ट्यान्डर्ड डकुमेन्ट’ निर्माण गर्नेलगायतबारे भारतबाट नेपाललाई प्रस्ताव प्राप्त भएको हो ।’’
नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ । मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ । उनले थपे, ‘‘करिब दुई हप्ता तालिमको काम हुन्छ र त्यसपछि उक्त रेल सेवाको विधिवत् रूपमा उद्घाटन गरिनेछ ।’’ माघभरिमा यो सबै काम सम्पन्न हुने छ ।
यो समाचार आजको गोरखापत्र दैनिक दैनिकमा प्रकाशित छ ।
ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवार
अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन
२०७७ माघ ६ गते, मंगलवार
इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित
२०७७ माघ ६ गते, मंगलवार
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !
२०७७ माघ ६ गते, मंगलवार
शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो
२०७७ माघ ६ गते, मंगलवार
निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित
२०७७ माघ ६ गते, मंगलवार
नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन
२०७७ माघ ६ गते, मंगलवार
खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो
२०७७ माघ ६ गते, मंगलवार
संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत
२०७७ माघ ६ गते, मंगलवार
कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने
२०७७ माघ ६ गते, मंगलवारलोकप्रिय

कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार