नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली

पुस २१, काठमाडौं । नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ ९६० मा निर्वाचन अवधिभर विवाद निरुपण सम्बन्धमा कुनै कारबाही नगरिने भएको छ । निर्वाचन प्रयोगनका लागि आयोगले माघ दोस्रो साता दल दर्ताको समय दिँदैछ । विवाद नटुगिँदा नेकपालाई निर्वाचन प्रयोजनका लागि दल दर्ताको प्रक्रियामै झमेला हुने थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
ताजा

लोकसेवा आयोगको परीक्षामा उम्मेदवारको संख्या ह्वात्तै घट्यो
२०७७ माघ ८ गते, बिहीबार
लोकसेवा आयोगको परीक्षामा उम्मेदवारको संख्या ह्वात्तै घट्यो
२०७७ माघ ८ गते, बिहीबार
मेलम्ची खानेपानी आयोजना : सुरुङ पुन परीक्षणको तयारी
२०७७ माघ ८ गते, बिहीबार
रक्सौल-काठमाडौं रेलमार्ग : डीपीआर अध्ययन प्रक्रिया अघि बढाउन एमओयू हुँदै
२०७७ माघ ८ गते, बिहीबार
कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्ला-जिल्लामा पुग्ने, लगाउने दिन तय भएन
२०७७ माघ ८ गते, बिहीबार
शुरू भयो किसान क्रेडिट कार्ड, विनाधितो कर्जा स्वीकृत भएका ऋणीलाई सजिलो
२०७७ माघ ८ गते, बिहीबार
प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण
२०७७ माघ ८ गते, बिहीबार
नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो
२०७७ माघ ७ गते, बुधबार
भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु
२०७७ माघ ७ गते, बुधबार
कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति
२०७७ माघ ७ गते, बुधबार
कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने
२०७७ माघ ७ गते, बुधबारलोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
२०७७ माघ ६ गते, मंगलवार
कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार