भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपाली घाइते

२०७७ पुष २१ गते, मंगलवार

पुस २१, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका करिब साढे ६ बजेतिर गोली चल्दा दोधार चाँदनी नगरपालिका(१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो ।

एनको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।
घटना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको महतोले जानकारी दिए ।
तर भारतीय सीमा सुरक्षा बल (एसएबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal