आज पनि देशैभर मौसम बदली, हिमाली र उच्च पहाडी जिल्लामा हिमपात हुने

२०७७ पुष २१ गते, मंगलवार

पुस २१, काठमाडौं । आज (मंगलबार) पनि देशैभरि मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार हिमाली र उच्च पहाडी जिल्लामा हिमपात हुने र अन्य केही भूभागमा पानी पर्नेछ ।
मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने वाग्मती प्रदेशका एक-दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
पश्चिमी वायुको प्रभावका कारण आइतबारदेखि देशभरको मौसममा बदली भएको छ । यो प्रणालीको प्रभाव बुधबारसम्म रहने र त्यसपछि भने भने कम हुँदै जाने महाशाखाले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal