बेलायतले फेरि लकडाउनको घोषणा, जनजिवन कष्टकर हुने चिन्ता

२०७७ पुष २१ गते, मंगलवार

पुस २१, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू झनै बढ्न थालेपछि बेलायतले फेरि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण थप फैलन नदिनका लागि फेब्रुअरी मध्यसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् ।
भाइरसबाट संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि त्यहाँ पुनः लकडाउनको घोषणा गरिएको हो । प्रधानमन्त्री जोनसनले सकेसम्म नागरिकहरूलाइ घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । लकडाउन लागु भएसँगै मंगलबारदेखि कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । उनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने चिन्ता समेत व्यक्त गरेका छन् ।प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने बताएका छन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal