प्रिमियर लिगमा : शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित

२०७७ पुष २१ गते, मंगलवार

पुस २१, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ ।
घरेलु मैदानमा गएराति भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १-० गोल अन्तरले पराजित गर्यो । साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले खेलको दुई मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो । जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएर २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal