प्रधानमन्त्री ओलीको सही हो, अब मुलुक निर्वाचनमा गईसक्यो : पाठक
२०७७ पुष २१ गते, मंगलवार

पुस २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसपक्षका झापा अध्यक्ष चिन्तन पाठकले मुलुकको वृहत्तर हितका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सही कदम चालेको भन्दै मुलुक अब निर्वाचनको दिशामा गइसकेकाले निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले बिर्तामोडमा गरेको कार्यकर्ता भेलामा ओलीसपक्षका पाठकले यस्तो बताएका हुन ।
विद्यार्थी युनियनले झापामा वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलामा ओली निकट १५ वटै पालिकाबाट विद्यार्थीको सहभागिता थियो ।