सरकारविरुद्ध कांग्रेससँग मोर्चाबन्दी गर्दै छौं : नारायणकाजी श्रेष्ठ

पुस २१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका (दाहाल-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ ले कांग्रेससँग मोर्चाबन्दी गर्न लागेको बताएका छन ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध कांग्रेस लगायतका दलसँग सहकार्यका लागि पहल भइरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
संयुक्त संघर्षको पहल जारी छ। कांग्रेस, जनता समाजवादी, नागरिक समाज लगायतसँग सम्भवत चाँडै मोर्चाबन्दी हुन्छ, उनले भने।
उनले आन्दोलनका कार्यक्रम सशक्त तर शान्तिपूर्ण हुने समेत बताए।
प्रधानमन्त्री ओली समूहका नेतालाई समेत संसद विघटन गर्नु कानुन सम्मत होइन भन्ने थाहा भएपनि गुटबन्दीका कारण विरोधमा उत्रन नसकेको श्रेष्ठले दाबी गरे।
नेता श्रेष्ठले प्रधानमन्त्री केपीशर्मा ओली समूहका नेतालाई अझै पनि सच्चिएर आए आफूहरुले अवसर दिने पनी बताए ।