काठमाडौंको मौसम सुधार, घाम लाग्यो ! जाडो हटेन

२०७७ पुष २२ गते, बुधबार

पुस २२, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा पारिलो घाम लागेको छ । घाम लागेपछि जाडो भने केही बढ्ने मौसमविद बताउँछन् ।
मौसमविदका अनुसार सुदूरपश्चिमको हिमाली र उच्च पहाडी भाग तथा पूर्वी क्षेत्रमा बदलीको अवस्था छ । तर पूर्वी क्षेत्रको बदली भने आज रातिबाट हट्ने मौसमविदको भनाइ छ । भोलि
तराई-मधेसका जिल्लामा लागेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमसँगै कम हुँदै जाने छ । अहिले फेरि तुरुन्दै बदली हुने र पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal