भारतमा बर्ड फ्लु फैलियो ! कुखुरा, हाँस र माछा पसल खोल्न प्रतिबन्ध

२०७७ पुष २२ गते, बुधबार

पुस २२, काठमाडौं । भारतका विभिन्न राज्यहरुमा बर्ड फ्लु फैलिएको छ । बर्ड फ्लु देखिएपछि भारतका विभिन्न राज्यहरुमा कुखुरा लगायतका पन्छी नष्ट गर्न थालिएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्डफ्लुका कारण कुखुरा तथा पुशपन्क्षी मरेको पुष्टि भएको हो ।
बर्ड फ्लु देखिएका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । गुजरात, महाराष्ट र केरलामा हाललाई माछा मासु बिक्रिमासमेत रोक लगाइएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal