हिमपातले हिल्सा नाका बन्द, सोलारले काम नगर्दा बत्ती पनि बन्द

२०७७ पुष २२ गते, बुधबार

पुस २२, काठमाडौं । भारी हिमपातले बाटो बन्द हुँदा चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको हो।
अहिले सो क्षेत्रमा मानिस पैदल हिँड्न पनि सक्ने अवस्था छैन । हिल्सामा यसअघि चिसो बढेर तापक्रम माइनस नौ डिग्रीसम्म पुग्ने गरेकामा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको बताईएको छ । हिल्सामा रहँदै आएका मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । सबैजना घरभित्र आगो तापेर बसिरहेका छन। हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको स्थानीय बासीले सिएनएनलाई जानकारी दिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal