नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य समायोजन

२०७७ पुष २२ गते, बुधबार

पुस २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) को शेयरमूल्य समायोजन भएको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४७८ रुपैयाँ तोकेको छ। बैंकको हिजो अर्थात पुस २१ गतेको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारण सभा माघ ८ गते आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा हुँदैछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal