अमेरिकी संसद भवनमा आक्रमण : गोली लागेर एक महिलाको मृत्यु,केही हतियारधारी गिरफ्तार, वासिङ्टनमा कर्फ्यू

२०७७ पुष २३ गते, बिहीबार

पुस २३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । ट्रम्पका समर्थकले सुरक्षा तारबार भत्काएर संसद भवन छिरेर तोडफोड पनी गरेका छन् ।

नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीकार गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् ।

उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा प्रवेश गरेर आक्रमण मात्र गरेनन, उनीहरुले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोडसमेत गरे ।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पको हर्कतमा संलग्न भई हतियारसहित आक्रमणमा उत्रिएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच थान हतियार पनि नियन्त्रण गरेको छ ।

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन् । बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।
ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरेका छन। एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal