३० लाख हिनामिना गरेको भन्दै भीम रावललाई कारवाहीको सिफारिस

पुस २३, काठमाडौं । नेकपा केपी ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटि बैठकले नेकपा नेता भीम रावललाई ३० लाख हिनामिना गरेको भन्दै कारवाहीको सिफारिस गरेको छ ।
बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन, ‘पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको छ ।

’ प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।
प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्नुहुने भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ ।