युनाइटेडलाई हराउँदै सिटी फाइनलमा, फाइनलमा टोटनह्याम हटस्पर्स भिड्ने

२०७७ पुष २३ गते, बिहीबार

पुस २३, काठमाडौं । म्यान्चेस्टर सिटीले चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो हाफमा जोन स्टोन्स र फर्नान्डिन्होले गोल गर्दै सिटीलाई जित दिलाए। स्टोन्सले सेट पिसमा युनाइटेडको कमजोरीको फाइदा उठाउँदै सिटीलाई अग्रता दिलाए भने फर्नान्डिन्होले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए ।

फाइनलमा पेप ग्वार्डिओलाको टोलीले जोसे मोरिन्होलाई टोलीलाई हराए सिटीले लिभरपुलले बनाएको लगातार वटा लिग कप उपाधि जित्ने कीर्तिमान बराबरी गर्नेछ
सिटीले अब वेम्बलीमा हुने फाइनलमा टोटनह्याम हटस्पर्सको सामना गर्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal