बिहीवार सुनको मूल्यमा गिरावट : १ हजार ३०० ले ओरालो लाग्यो

२०७७ पुष २३ गते, बिहीबार

पुस २३, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ १ हजार ३०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला १ हजार ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९६ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधवार प्रतितोला एक हजार ३४० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला १ हजार ३३० खरीदविक्री भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal