ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउँछ : ईश्वर पोखरेल

२०७७ पुष २४ गते, शुक्रबार

पुस २४, काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीको समूह आधिकारीक नेकपा भएको दाबी गरेका छन्

शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका हुन् ।

सूर्य चिन्ह कसको हुन्छ भन्ने कुरामा द्विविधामा नपर्न समेत उनले सहभागीहरुसँग आग्रह गरे । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने उनको भनाइ थियो । यदि कानुनी रुपमा अल्झो टुङ्गिन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने उनले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal