संसद विघटन निरंकुश कदम : संविधानसभा परिषद्

२०७७ पुष २४ गते, शुक्रबार

पुस २४, काठमाडौं । संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ ।संविधानका हस्ताक्षरकर्ताहरुको साझा संगठनका रुपमा रहेको संविधानसभा सदस्य परिषद्ले शुक्रबार विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको छ ।

परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि धावा बोलिएको छ ।

षड्यन्त्र, जालझेल, झुट र बेइमानीका अनगिन्ती पराकाष्ठाहरु नाघेर यस प्रकारको गैरसंवैधानिक हर्कत गरिएका छन् ।’
परिषदले मुलुकलाई थप जटिल बन्न नदिन संसद विघटनको कदम खारेज गर्न माग गरेको छ ।


हेर्नुहोस् विज्ञप्ति :

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal