ललितपुरमा दिउँसै लुटपाट गर्ने लुटेरा पक्राउ

२०७७ पुष २४ गते, शुक्रबार

पुस २४, काठमाडौं । नुवाकोट घर भई ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गर्ने लुटेरा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन् ।
यही पुस १३ गते दिउँसो करिब साढे २ बजे अन्दाजी धनकुमारी ठकुरीको कोठामा प्रवेश गरी सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले लुटिएका भनिएका सामानसहित चार जनालाई बिहीबार साँझ करिब साढे ५ बजे च्यासलबाट पक्राउ गरेको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal