ट्रम्पले गरे संसद तोडफोडको निन्दा, सत्ता हस्तान्तरणका लागि भए तयार

पुस २४, काठमाडौं । आफैले उत्तेजित पारेको जत्थाले देशको संसदमा हिंसा भड्काएको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गरेका छन ।।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सन्देश जारी गर्दै ट्रमपले हिंसा भड्काउन संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका हुन।
संसदमा भएको हिंसाबारे शुरुमा कुरा राख्न चाहन्छु भन्दै ट्रम्पले भन्नुभएको छ, ‘सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु । मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए ।’
अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने भन्दैउनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी प्रजातन्त्रलाई अपवित्र बनाएको पनि उल्लेख गरेका छन।
हिंसामा संलग्नहरुले देशको प्रतिनिधित्व नगर्ने भन्दै उहाँले भन्नुभएको छ, ‘जो मानिस हिंसात्मक घटनामा संलग्न थिए उनीहरु हाम्रो देशको प्रतिनिधित्व गर्दैनन्, र जसले कानुन तोडेको छ उसले कारबाही भोग्नुपर्छ ।’
राष्ट्रपति ट्रम्पले सन्देशमा ‘व्यवस्थित’ सत्ता हस्तान्तरणका लागि तयार भएको उल्लेख गर्दै भन्नुभएको छ, ‘नयाँ प्रशासन जनवरी २० मा आउने छ र सुचालु, सुव्यवस्थित र निर्वाध सत्ताको हस्तान्तरणका लागि म बाचा गर्दछु ।’
अमेरिकी संसदमा आक्रमण गराएपछि ट्रम्पको ट्वीटर, फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका खाता बन्द गरिएको थियो । ट्वीटरले खोले पनि फेसबुक र इन्स्टाग्रामले भने अझै बन्दै गरेका छन् ।
आफ्ना अन्ध समर्थकहरुलाई भड्काएर संसदमा आक्रमण गराइएको भन्दै ट्रम्पलाई अपदस्थ गरिनुपर्ने दबाब उहाँकै पार्टी रिपब्लिकनमा पनि बढेपछि २४ घण्टापछि ट्रम्पले घटनाको निन्दा गरेका हुन।
ताजा

प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण
२०७७ माघ ८ गते, बिहीबार
प्रधानमन्त्री कार्यालय सार्ने तयारी, ‘स्पेसल जोन’को निर्माण
२०७७ माघ ८ गते, बिहीबार
नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो
२०७७ माघ ७ गते, बुधबार
भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु
२०७७ माघ ७ गते, बुधबार
कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति
२०७७ माघ ७ गते, बुधबार
कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने
२०७७ माघ ७ गते, बुधबार
नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग
२०७७ माघ ७ गते, बुधबार
ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष
२०७७ माघ ७ गते, बुधबार
निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
२०७७ माघ ७ गते, बुधबार
सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
२०७७ माघ ६ गते, मंगलवार
ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन
२०७७ माघ ६ गते, मंगलवारलोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
२०७७ माघ ६ गते, मंगलवार
कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार