एष्टन भिल्लामाथि गोल वर्षाउदै , लिभरपुल चौथो चरणमा प्रवेश

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । एष्टन भिल्लामाथि गोल बर्षाउदै ,लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा एष्टन भिल्लामाथि ४–१ गोलअन्तरको फराकिलो जित निकालेर लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै जर्जिनिओ विनाल्डमले ६० औँ तथा मोहम्मद सालहले ६५ औँ मिनेटमा गोल गरे ।
एस्टन भिल्लाका लागि १७ वर्षे किशोर लुई ब्यारीले ४१ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal