युवासंघले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । प्रधानमन्त्ती केपी शर्मा ओली समुहको युवासंघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । युवासंघ नेपालले बाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
जसमसा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहरु सहभागी भइ काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट र्याली निकाल्ने तयारी भइरहेको युवासंघ बाग्मती प्रदेश कमिटीले जनाएको छ ।

त्यसपछि सबै स्थानबाट आएका र्याली शनिबार मध्यान्न १२ बजे प्रज्ञा भवनमा भेला हुने तयारी छ । प्रज्ञा भवनमा सबै कार्यकर्ताहरको भेलापछि प्रधानमन्त्ती केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिनिधिसभाका नयाँ निर्वाचन घोषणा गरे पछि नेकपा अनौपचारिक रुपमा दुई समुहमा विभाजित भएको छ । त्यसपछि ओली समुह र प्रचण्ड(माधव समुहले फरक फरक कार्यक्रमको आयोजनाहरु गर्दै आएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal