टोखामा दम्पत्ति मृत फेला, घटनास्थलमा रगत लागेको सिलौटो फेला

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् । टोखास्थित ग्रिन भिलामा सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको हो। पत्नी सुदिक्षाचाहिँ झुण्डिएको अवस्थामा फेला परेकी र घटनास्थलमा रगत लागेको सिलौटो फेला परेका कारण सुदिक्षाले उमेशलाई हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal