प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरे : सिंह

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको बताएका छन् ।
संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोध सभाअन्तर्गत काठमाडौं १ ९क० मा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले पार्टी र संसदमा अल्पमतमा परेपछि प्रधानमन्त्रीले संसद्माथि रिस पोखेको धारणा राखे ।
नेता सिंहले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई छिटो रोक्नुपर्ने धारणा राखे । प्रधानमन्त्री र सर्वोच्च अदालतको नेतृत्वबीच ुसेटिङु भएको भन्ने हल्ला फैलाइएको कुरालाई असफल पार्नुपर्ने उनको भनाइ थियो ।
तत्कालीन राजा ज्ञानेन्द्रले असंवैधानिक कदम उठाएको हो भन्न सक्ने सर्वोच्च अदालतले केपी ओलीको असंवैधानिक कदमलाई साथ नदिने सिंहको भनाइ थियो । उनले अदालतले संविधानको सही रूपमा ब्याख्या गर्ने र सर्वोच्च अदालतसँग प्रधानमन्त्रीको मेलमिलापमा संसद विघटन भएको भन्ने कुरा गलत साबित हुने बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त कदमको चौतर्फी विरोध भइरहेको छ ।

ताजा

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal