अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं भन्दै बानेश्वरबाट निस्कियो धोती जुलुस

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । जुलसनेकपा ओली समूहको युवा संघ नेपालले राजधानीमा ‘धोती जुलुस’ निकालेको छ ।
युवा संघ नेपालको ओली समुहको समर्थनमा बृहत प्दर्शन गर्न बानेश्वरदेखि कमलादीसम्म पैदल ‘धोती जुलुस’ तथा मोटरसाइकल र्याली निकालिएको थियो ।
महेश बस्नेतले नेतृत्व गरेको र्यालीलाई ‘धोती जुलुसको नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।
र्यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए ।
प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिनिधिसभाका नयाँ निर्वाचन घोषणा गरे पछि नेकपा अनौपचारिक रुपमा दुई समुहमा विभाजित भएको छ । त्यसपछि ओली समुह र प्रचण्ड-माधव समुहले फरक फरक कार्यक्रमको आयोजनाहरु गर्दै आएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal