चुनाव लडेर राजनीति गर्न चार प्रधानन्यायाधीशलाई बाँस्कोटाको चुनौती

२०७७ पुष २५ गते, शनिबार

पुस २५, काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्ने पूर्वप्रधानन्यायाधीशहरुलाई चुनाव लडेर राजनीति गर्न चुनौती दिएका छन।
शनिबार काभ्रेमा भएको एक कार्यक्रममा बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्ने चार जना पूर्वप्रधानन्यायाधीशहरुलाई माधव–प्रचण्डले गठन गरेको पार्टीको सदस्य बनेर चुनाव लड्न आउन चुनौती दिएका हुन।
सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि बाँस्कोटाले पूर्वप्रधानन्यायाधीशहरुलाई चेतानवी दिए। शुक्रबार सर्वोच्चमा चार पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal