बढ्यो दक्षिणको हस्तक्षेप, भारतले हिन्दूवादी आन्दोलनलाई मलजल गर्दै

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । नेपालबारे जानकार मानिने भारतीय कुटनीतिज्ञ एस डी मुनीले नेपालको आन्तरिक मामिलामा भारतले सावधानीपूर्वक र चलाखीपूर्ण तरिकाले कार्ड खेलिरहेको बताएका छन् ।

नेपालको पछिल्लो विकसित घटनाक्रमबारे भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै उनले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको उल्लेख गरेका छन् ।

साथै उनले नेपालको सन्दर्भमा भारतले तत्कालका लागि रणनीतिक उपलब्धि हासिल गरेको पनि दावी गरेका छन् । यस पटक सत्ता सञ्चालनमा अस्थिरता उत्पन्न हुँदा प्रधानमन्त्रीले पहिले झैँ भारतलाई दोषारोपण नगरेकोमा पनि आफूहरुको उपलब्धिको रुपमा एस डी मुनीले व्याख्या गरेका छन् ।

यस्तै भारतले यस क्रममा होसियारीपूर्वक र चलाखीपूर्वक रुपमा नेपालमा रणनीतिक उपलब्धि हासिल गरेको उनले दावी गरेका छन् । मुनीले आफ्नो लेखमा ओलीविरोधी शक्तिहरुले उनलाई हटाउन खोज्दा हतास भएका ओलीको सत्ता टिकाउन भारतले सहयोग गरेको पनि जिकिर गरेका छन् ।

भारतीय स्वतन्त्रता दिवसमा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गर्दा सकारात्मक रुपमा रेस्पोन्स गरेको र सेना प्रमुख, रअ प्रमुख, विदेश सचिवहरुको क्रमश नेपाल भ्रमणको प्रसंग जोड्दै ती सबै भ्रमणहरु ओलीको आन्तरिक कलहका बीच नै सम्भव भएको पनि उनले उल्लेख गरे ।

ुयी गतिविधिहरुबाट भारतले आफ्नो तात्कालिक र रणनीतिक लक्ष्य हासिल गरेको छ,ु मुनीले लेखेका छन् । यस्तै उनले ओलीको अवसरवादी र राजनीतिक रुपमा भारतविरोधी राष्ट्रवाद पनि उजागर भएको दावी गरेका छन् । साथै कम्युनिस्ट पार्टीको एकता र प्रभुत्व भत्किँदा यसको संरक्षकको रुपमा चीन लज्जित भएको पनि उनले आरोप लगाएका छन् ।

तर भारतले भने नेपालमा पछिल्लो समय फालिएका राजाको नेतृत्वमा आन्दोलित हिन्दूवादी शक्तिहरुलाई मलजल गरिरहेको पनि मुनीको दावी छ । अन्नपूर्णबाट । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

ताजा

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal