प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब खर्च

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छुट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुन लागेको हो । अर्थमन्त्रालयका अनुसार प्रतिनिधिसभा भंगसँगै सांसद्हरू नरहे पनि बजेटमा ल्याइएको कार्यक्रम भएकाले तत्काल रोकिने छैन ।
सरकारले बजेटमा ल्याएको कार्यक्रम रोक्न छुट्टै निर्णय गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार संसद्मा पेश गरेर पास भएको बजेट भएकाले रोक्नुपर्ने भए मन्त्रिपरिषद्बाट निर्णय गरिनुपर्छ ।
सरकारले यो कार्यक्रम कार्यान्वयन गर्न दशैंलगत्तै कार्यविधि तथा नियमावली जारी गरेको थियो । अघिल्ला बर्षहरूमा सांसद्हरूलाई सडक–पूर्वाधार,खानेपानी, विद्यालयलगायत क्षेत्रमा लगानी गर्न कुनै बन्देज नलाइए पनि चालू वर्षमा भने योजना छनोट गर्दा प्राथमिकता फेर्न नियमावली संशोधन गरेरै सरकारले दबाब दिएको थियो ।
सरकारले जारी गरेको कार्यक्रम सञ्चालन कार्यविधिअनुसार पहिलो प्राथमिकतामा संसद्हरूले स्वास्थ्य क्षेत्रअन्तर्गतका पूर्वाधार निर्माणलाई जोड दिनुपर्ने थियो । कोरोना महामारीका कारण जनस्वास्थ्य अप्ठ्यारोमा परेको भन्दै अर्थमन्त्री विष्णु पौडेल, पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापालगायतले योजना छनोट गर्दा कार्यक्रमअन्तगर्तको ठूलो अंश स्वास्थ्य पूर्वाधारमा खर्चिने गरी योजना छनोट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार योजना छनोट गर्दा प्रायले स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेको देखिन्छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

ताजा

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

२०७७ माघ ७ गते, बुधबार

भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु

२०७७ माघ ७ गते, बुधबार

कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति

२०७७ माघ ७ गते, बुधबार

कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने

२०७७ माघ ७ गते, बुधबार

नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग

२०७७ माघ ७ गते, बुधबार

ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष

२०७७ माघ ७ गते, बुधबार

निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

२०७७ माघ ७ गते, बुधबार

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal