एकै दिन ३ ओटा बैंकसहित ४ कम्पनीको साधारणसभा, कसको प्रस्ताव कस्तो ?

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । आइतवार (आज) ३ बैंकसहित ४ कम्पनीको साधारणसभा हुँदैछ । आज प्रभु बैंक लिमिटेड, नेपाल बंगलबादेश बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको साधारण हुँदैछ ।

नेपाल बंगलादेश बैंकको २६औं वार्षिक साधारणसभा रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने तयारी गरिएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

प्रभु बैंकले पनि आज १९औं वार्षिक साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान ११ बजे सभा आयोजना गर्दैछ । सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

लुम्बिनी विकास बैंक लिमिटेडले पनि केन्द्रीय कार्यालय काठमाडौंमा आफ्नो १३ औं वार्षिक साधारणसभा बिहान ११ बजे आयोजना गर्दैछ । यो सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यसैगरी आज बरुण हाईड्रोपावर कम्पनीले पनि युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजे नै आफ्नो १७औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश, १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal