इण्डोनेसियामा ६२ यात्रु बोकेको विमान समुद्रमा खस्यो, कसैको उद्धार भएन

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना भएको छ । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको उक्त विमान उडेको केहि बेरमा नै समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको हो ।
विमान समुद्रमा खसेको र केही यात्रुले तैरने प्रयास गरे पनि बचाउन नसकेको अधिकारीहरुले जनाएका छन् । विमान १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो ।
बोइङ ७३७–५०० मोडलको २७ वर्ष पुरानो विमान सुरक्षा रेकर्ड तुलनात्मक रुपमा कमजोर रहेको इन्डोनेशियाका विमान सेवाहरूलाई एक दशकभन्दा बढी समयसम्म यूरोपमा प्रतिबन्ध लगाइएको थियो । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal