स्टोक सिटी लेस्टरसँग चार शून्यले पराजित, लेस्टर चौथो चरणमा प्रवेश

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । इङ्ग्लिस फुटबल प्रतियोगिता एफ ए कपमा स्टोक सिटी लेस्टर सिटीसँग चार शून्य गोलले पराजित भएको छ । जितसँगै लेस्टर खेलको चौथो चरणमा प्रवेश गरेको छ । स्टोकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको लेस्टरले ३४ औं मिनेटमा अग्रता बनाएको थियो । लेस्टरका लागि जस्टिनले पहिलो गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरका लागि ५९ औं मिनेटमा ल्ब्राइटोनले दोस्रो गोल गरे । त्यसपछि ७९ औं मिनेटमा योजी पेरेजले गोल गर्दै टिमलाई तीन शून्यले अगाडि राखे । बारनेसले ८१ औं मिनेटमा गोल गरेपछि लेस्टरले चार शून्यको सहज जित निकाल्यो । यो खेलमा लेस्टरका मुख्य खेलाडी भार्डीले खेलेका थिएनन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal