सुनको मुलयमा एकै दिन ठूलो गिरावट तोलामा २३ सयले घट्यो

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । सुनको प्रतितोला मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । शुक्रबारको तुलनामा सुनको प्रतितोला मूल्य २३ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबारका लागि छापावल सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ तोकेको छ । शुक्रबार ९५ हजार तीन सय रुपैयाँ छापावल सुन कारोबार भएको थियो ।
आजकालागि तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको प्रतितोला भाउ पनि ६० रुपैयाँले सस्तिएको छ । शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal