संविधानमै त्रुटि भएकोले प्रधानमन्त्रीले प्रदेश सभा विघटन नगर्लान भन्न सकिन्न : महन्थ ठाकुर

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले संविधानमै त्रुटि भएका कारण विवाद हुने गरेको बताएका छन।
आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले संविधानमा कस्तो त्रुटि छ भन्नेबारे नखुलाए पनि संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका संविधानका धारा विवादास्पद भएको दावी गरे।

उनले संविधान अपूरो भयो भनेर आफूहरुले पहिल्यैदेखि भन्दै आएको र संविधान बनाउने सत्ताधारीहरुले नै अहिले संविधानमाथि विवाद निकालेको बताए।
ठाकुरले प्रदेशहरुमा धमाधम अविश्वासको प्रस्ताव आइरहेको र प्रधानमन्त्रीले प्रदेश पनि विघटन नगर्लान भनेर भन्न नसकिने बताए।

अध्यक्ष ठाकुरले संसद विघटन असंवैधानिक भएको जनाउँदै त्यसविरुद्ध पार्टीले आन्दोलन गरिरहेको र आउने दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए।
ठाकुरले संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला आफूहरुलाई मान्य हुने बताए ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal