संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको बिषयलाई अदालतले केही भनिरहनु नपर्ने भनेर खारेज गर्नुपर्ने बताएका छन ।
आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्ती ओलीले संसद विघटन राजनीतिक बिषय भएकाले अदालतले इन्टरटेन गर्नु भन्दा केहि भन्नु नपर्ने भनेर खारेज गर्नुपर्ने बताए।
संसद विघटन राजनीतिक निर्णय भएको र यसले संविधान संगत ढंगले लोकतान्त्रीक प्रणलीको राजनीति अन्तर्गत अभ्यासमा अगाडि बढ्न जानु दिनुपर्ने र त्यसरी नै जाने प्रधानमनन्त्री ओलीको भनाइ थियो ।
संविधानमा संसदको कार्यकारी अधिकार मन्त्रिमण्डलमा रहेको र त्यसको प्रतिनिधित्व प्रधानमन्त्रको सिफारिमा गर्ने हुनाले आफूले बिघटनको लागि राष्ट्रपति समक्ष सिफारस गरेको दाबी गरे।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal