घाँस काट्न रुखमा चढ्दा लडेर वडाअध्यक्ष घाइते, हेलिकप्टरबाट उद्धार

२०७७ पुष २६ गते, आईतवार

पुस २६, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका—४ का वडाध्यक्ष केशव ठकुरी रुखबाट लडेर घाइते भएका छन् । दोलखामा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । बस्तुभाउलाई घाँस काट्न रुखमा चढ्दा लडेर घाइते भएका ५७ वर्षीय ठकुरीलाई उपचारका लागि दोलखाबाट काभ्रेको धुलिखेल अस्पताल ल्याइएको थियो । उक्त अस्पतालमा पनि उपचार हुन नसेकपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal