एकताको गाँठो बलियो पार्नुपर्छ : पूर्वराजा शाह

२०७७ पुष २६ गते, आईतवार
राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनु पर्ने

पुस २६, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले एकताको गाँठो बलियो पार्नु पर्नेमा जोड दिएका छन् । २९९ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका हुन् ।

‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ’, सन्देशमा भनिएको छ, ‘यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’ हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ ।

सोमबार पृथ्वी जयन्तीका अवसरमा राप्रपा लगायत केही दल र व्यक्तिहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेका छन्

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal