मूल्यवृद्धि चुलियो, राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल

पुस २७, काठमाडौं । दशैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपैयाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपैयाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपैयाँसम्म पुगेको छ । तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ६० रुपैयाँसम्म बनाउने तयारी गरिरहेका छन् । सनफ्लावर तेलको मूल्य पनि सोही दरमा अकासिएको छ । एक साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले १ सय २५ रुपैयाँ पुगेको छ । गत चैतमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ र अन्डा प्रतिक्यारेट २ सय ८० रुपैयाँ थियो । अहिले ब्रोइलरको मासु ३ सय ७५ देखि ३ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
त्यस्तै अन्डाको मूल्य प्रतिक्यारेट ४ सय ५० रुपैयाँसम्म पुगेको छ । मंसिरअघि प्रतिटिपर २२ हजार रुपैयाँ पर्ने गिट्टी अहिले बढेर ३० हजार रुपैयाँ पुगेको छ । प्रतिबोरा ६ सय ५० रुपैयाँ पर्ने सिमेन्टको मूल्य बढेर ७ सय, प्रतिकिलो ५७ देखि ६२ रुपैयाँ पर्ने डन्डी बढेर ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । मूल्यवृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल बढ्दो छ । मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् ।
खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य बढ्नुमा खास कारण नभए पनि आयातकर्ता र मिल सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा बढेको बताउँदै मूल्यमा मनपरी गरेका छन् । पर्याप्त मात्रामा उत्पादन नभएको र माग बढेको जनाउँदै मासु र अन्डाको मूल्य बढाइएको छ । चाडबाड सकिएलगत्तै निर्माण सामग्रीको माग बढेपछि यसको मूल्य पनि चुलिएको छ । बजारभाउ नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । बजार अराजक हुँदासमेत विभागले बजारभाउ नियन्त्रण गर्न सकेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
ताजा

नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो
२०७७ माघ ७ गते, बुधबार
नेकपा विभाजन नभएको अवस्थामा वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो
२०७७ माघ ७ गते, बुधबार
भारतले अनुदान स्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया सुरु
२०७७ माघ ७ गते, बुधबार
कोभिड-१९ का कारण उड्डयन क्षेत्रमा ३७० अर्ब डलर भन्दा बढीको क्षति
२०७७ माघ ७ गते, बुधबार
कोरोना प्रभाव : एक हजार निजी विद्यालय बन्द हुन सक्ने
२०७७ माघ ७ गते, बुधबार
नेकपा विभाजित छ कि छैन भनेर कागजी रुपमा हेर्न सकिएको छैन : आयोग
२०७७ माघ ७ गते, बुधबार
ललिता निवास प्रकरणः करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनु पर्ने निष्कर्ष
२०७७ माघ ७ गते, बुधबार
निर्वाचन तयारीका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
२०७७ माघ ७ गते, बुधबार
सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
२०७७ माघ ६ गते, मंगलवार
ओलीलाई गणतन्त्र मन परेन, गणतन्त्र पारित गर्दा पनि ‘नोट अफ डिसेन्ट’ लेखेका थिए : पुन
२०७७ माघ ६ गते, मंगलवार
लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा
२०७७ माघ ६ गते, मंगलवारलोकप्रिय

सेयर बजारमा ५.५७ अंकको सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
२०७७ माघ ६ गते, मंगलवार
कोरोना कहरमा पनि ११ प्रतिशत रेमिट्यान्स वृद्धि
२०७७ माघ १ गते, बिहीबार
कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन
२०७७ पुष २८ गते, मंगलवार
संसद विघटन राजनीतिक बिषय हो, अदालतले इन्टरटेन गर्नुभन्दा खारेज गर्नु राम्रो : प्रधानमन्त्री ओली
२०७७ पुष २६ गते, आईतवार
नेपाल सरकारको भारतीय मोह ! १ अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोह गर्ने तयारीमा सरकार
२०७६ असार १४ गते, शनिबार