आयकर विवरण बुझाउने समय थप नहुने संकेत, समयावधि थपको सम्भावना टर्यो

२०७७ पुष २७ गते, सोमबार

पुस २७, काठमाडौं । कोरोनालाई कारण देखाउँदै आयकर विवरण बुझाउने समयावधि थप्न निजीक्षेत्रले सरकारसँग माग गरे पनि सरकारले भने थप नगर्ने संकेत देखाएको छ । निजीक्षेत्रका उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले कोभिडका कारण सरकारले तोकेको पुस मसान्तभित्र आय विवरण बुझाउन कठिन हुने भन्दै समय थप्न भने पनि सरकारले चासो नदेखाएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार तालुकदार निकाय अर्थ मन्त्रालयबाट कुनै निर्णय नभएकाले समयावधि थपको सम्भावना टरेको छ । विभागका उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार यो महीनामा आइतवारसम्म ८ अर्बको हाराहारीमा मात्रै राजस्व संकलन भएको छ, आय विवरण बुझाउनेको संख्यामा गतवर्षमा भन्दा खासै कमी आएको छैन ।

माग राख्ने एउटा कुरा होला तर उद्योगीरव्यवसायीहरूले समयमै आयविवरण पेश गर्न चासो देखाएको पाइयो,’ उनले भने । अर्थ मन्त्रालयमा समेत समयावधि थप गर्नेबारे कुनै छलफल नभएको राजस्व महाशाखाको एक उच्च अधिकारीले बताए । ‘कोभिडको बहानामा अब अल्झिरहने समय नै छैन्, समयावधि थप्ने अहिले कुनै तयारी छैन,’ ती अधिकारीले भने ।

यससँगै पुस मसान्तभित्रै आय विवरण करदाताले नबुझाए जरीवाना तिर्नुपर्ने अधिकारीहरूको भनाइ छ । सरकारले कम्पनी दर्ताको विवरण पेश गर्ने अवधि नबढाएकाले समयमै पेश नगरे जरीवाना लाग्ने भएको छ । पुस मसान्तभित्रै पेश गर्न भनिएकाले यसमा ढिलाइ गर्न नहुने अधिकारीहरू बताउँछन् ।

गतवर्षको आयकर तिर्नका लागि उद्योगी व्यवसायी चालू वर्षको असोज मसान्तभित्रै आफ्नो कारोबारको विवरण आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । सो अवधिमा विवरण बुझाउन नसके सम्बद्ध कार्यालयको स्वीकृति लिएर पुस मसान्तभित्रै बुझाउन सक्ने व्यवस्था छ । तर, उद्योग–व्यावसायिक प्रतिष्ठानमा लेखाको सेवा दिइरहेका धेरै अडिटरहरू कोभिड संक्रमित भएको र उनीहरूको शारीरिक अवस्था कमजोर भएर काम गर्न नसक्ने भएकाले समयावधि थप्न माग गरिएको निजीक्षेत्रका अगुवा बताउँछन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले कोरोना संक्रमणका कारण व्यवसायीले निर्धारित समयमा कार्यसम्पादन गर्न नभ्याएकोले कर विवरण बुझाउने म्याद सार्न सरकारलाई भनिएको बताउँछन् । कतिपय उद्योग कोरोनाका कारण बन्द अवस्थामा पुगेकाले कर विवरण बुझाउन म्याद थप्न भनिएको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

ताजा

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले डाक्यो साधारण सभा

२०७७ माघ ६ गते, मंगलवार

अमेरिकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन हुन नदिन गुप्तचर निकायहरु परिचालन

२०७७ माघ ६ गते, मंगलवार

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६ गते, मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, छुटाउनु भयो की !

२०७७ माघ ६ गते, मंगलवार

शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता, आवेदन दिने क्रम बढ्दो

२०७७ माघ ६ गते, मंगलवार

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुन विपरित

२०७७ माघ ६ गते, मंगलवार

नेताकार्यकर्ता आफ्नो पक्षमा तान्न अफरै-अफरै, उचित जिम्मेवारी दिने प्रलोभन

२०७७ माघ ६ गते, मंगलवार

खाद्य कम्पनी लक्ष्य अनुसार धान किन्न असफल, खरीद प्रक्रिया नै ढिलो

२०७७ माघ ६ गते, मंगलवार

संसद विघटनको मुद्दामा एकै वकिलबाट तीन घण्टा लामो बहस, सुनुवाइ लम्बिने संकेत

२०७७ माघ ६ गते, मंगलवार

कोमल ओलीलाई विवाह गर्ने चाहना हरायो, अब विवाह नगर्ने

२०७७ माघ ६ गते, मंगलवार

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal