अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस

२०७७ पुष २८ गते, मंगलवार

पुस २८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस भएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेस गरेको हो ।
डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

यस्तै ट्रम्पको कार्यकाल सकिनुभन्दा ८ दिनअघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाको हो ।
अमेरिकी संविधानमा उल्लेख गरिएअनुसार ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । एजेन्सी

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal