आज ४४५ संक्रमित थपिए : कुल संक्रमितको संख्या २ लाख ६६ हजार नाघ्यो

२०७७ पुष २९ गते, बुधबार

पुस २९, काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ४ सय ४५ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९३७ पुगेको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal